नेकपा एमालेले सदैव जनताको लागि राजनीति गरेको जिकीर गर्दै मंसिर ४ गतेको निर्वाचनमा पुनः एकपल्ट एमालेलाई जनताले विस्वास गर्नुपर्ने उहाँकाे भनाइ छ ।
‘यो क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सडक लगायत समग्र विकासका लागि राजनीतिक नेतृत्व परिवर्तन अपरिहार्य छ । योपल्ट हामीहरुलाई हार्ने छुट छैन ।