​दुहवी छातावेली आगलागी पिडितलाई मन्त्री भगबती चौधरीको राहत
दुहवी, १९ माघ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ अन्तरगत दुहवी वडा नं. ९ को छातावेलीका आगलागी पिडित परिवारलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राहत वितरण गरेकी छिन् । मंगलबारदेखि गृह जिल्लाको भ्रमणमा रहेकी मन्त्री चौधरीले बिहीबार आगलागी भएका घरहरुको स्थलगत निरीक्षण गर्दै पिडित परिवारलाई म्याट्रेस, फिल्टर सहित नगद सहयोग गरेकी छिन् ।