भगवती चाैधरीले सञ्चालनमा ल्याइन् दिनेश चौधरी स्मृति पोलिटेक्निक


समाजसेवी तथा आर्थिक अभियान्ता स्वर्गीय दिनेश चौधरीको स्मृतिमा दिनेश चौधरी स्मृति प्रतिष्ठानले प्राविधिक शिक्षा हासिल गर्न चाहने युवाहरुलाई लक्षित गर्दै कलेज सञ्चालनमा ल्याएको हो । दुहवी इनरुवा लाइनमा रहेको कलेजमा यो वर्ष डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा इन एग्रिकल्चरको पढाई हुने छ । आउँदा वर्षहरुमा कलेजले अन्य विषयहरु पनि थप गर्ने छ ।


दुहवी, ४ भदौ । सुनसरीको दुहवी नगरपालिकामा दिनेश चौधरी स्मृति पोलिटेक्निक इन्ष्टिच्युट सञ्चालनमा आएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त यस कलेजमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन एग्रिकल्चरको पढाई हुन्छ ।

समाजसेवी तथा आर्थिक अभियान्ता स्वर्गीय दिनेश चौधरीको स्मृतिमा दिनेश चौधरी स्मृति प्रतिष्ठानले प्राविधिक शिक्षा हासिल गर्न चाहने युवाहरुलाई लक्षित गर्दै कलेज सञ्चालनमा ल्याएको हो । दुहवी इनरुवा लाइनमा रहेको कलेजमा यो वर्ष डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा इन एग्रिकल्चरको पढाई हुने छ । आउँदा वर्षहरुमा कलेजले अन्य विषयहरु पनि थप गर्ने छ ।

चौधरी स्मृति पोलिटेक्निक इन्ष्टिच्युटले यो वर्ष दुई विषयमा भर्ना समेत खुलाएको छ । इन्ष्टिच्युटका अनुसार यो वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ तथा डिप्लोमा इन एग्रिकल्चरमा ४० जना विद्यार्थीका लागि भर्ना खुलाइएको छ । तीन वर्षको उक्त विषय अध्ययनका लागि कलेजले सिभिल इन्जिनियरिङमा २ लाख तथा एग्रिकल्चरमा १ लाख ९० हजार शुल्क निर्धारण गरेको छ । साथै, उक्त विषयमा अध्ययन गर्न चाहने जेहन्दार विद्यार्थीहरुको लागि विभिन्न छात्रबृत्तिहरु समेत रहेको प्रतिष्ठानका अध्यक्ष द्रव्यराज चौधरीले बताए ।

इन्ष्टिच्युटले दुई विषयमा १४ जनालाई सिटिइभिटी अन्तरगत छात्रबृत्ति छुट्याएको इन्ष्टिच्युटका फोकल पर्सन बबिता लेखीले बताइन् । अत्याधुनिक विषयगत प्रयोगात्मक ल्याब, अनुभवी विषयगत प्राध्यापकहरुद्वारा प्राध्यापन, सुविधासम्पन्न भौतिक पूर्वाधार तथा अन्तिम सेमेष्टरका विद्यार्थीहरुलाई जव प्लेसमेन्टका लागि समेत पहल गर्ने भनिएको छ ।

आर्थिक सशक्तिकरणकी अभियान्ता, समाजसेवी, राजनीतिकर्मी भगवती चौधरी दिनेश चौधरी स्मृति प्रतिष्ठानकी संरक्षक हुन् । गरिब, विपन्न वर्गका नागरिकका छोराछोरीलाई सर्वसुलभ रुपमा प्राविधिक शिक्षा प्रदान गर्ने हेतूले कलेज सञ्चालनमा ल्याइएको संरक्षक चौधरीले बताइन् ।

प्रतिष्ठानले दुहवीमै विपन्न तथा आर्थिक, सामाजिक कारणले विद्यालयसम्म पहुँच नपुगेका नागरिकका बालबालिकाहरुका लागि निःशुल्क आधारभूत विद्यालय समेत सञ्चालन गरिरहेको छ ।



RELATED NEWS