२०७९/१०/३
गतेदेखि २०७९/११/१५ सम्म नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ
नागरिक मन्त्रीको जिम्मेवारी पाएँ । १ महिना १२ दिनको अवधि मन्त्रालयमा
रहँदा
१) महिला,
बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्न तल्लो तह (स्थानीय निकाय)
सम्मै मन्त्रालयको स्टक्चर बनाउनु पर्छ भनेर पहल गरें ।
२)
मन्त्रालयमा विनियोजित वार्षिक बजेट न्यून भएकाले आगामी वर्षमा
मन्त्रालयको बजेट बृद्धिका लागि प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालयसँग
पटकपटक छलफल र विमर्श गरि आउँदो आ.व.मा सोही अनुसार बजेट
विनियोजन गर्न ५ अर्ब बराबरको योजनाहरु बनाउन सुरु गरें ।
३)
सडक मानव मुक्त अभियानलाई प्राथमिकता दिँदै मन्त्रालय, राष्ट्रिय बाल
अधिकार परिषद्, बाल गृह, बाल सुधार गृहको सुधारका लागि अनुगमन, नियमन र
कानुनी दायरामा ल्याउन तदारुकताका साथ काम कारवाही अगाडी बढाएँ ।
४)
अपाङ्गता वर्गिकरण सिफारिस समिति २०७९, अपाङगता सम्बन्धी राष्ट्रिय नीति
२०७९, जेष्ठ नागरिक सम्बन्धी राष्ट्रिय नीति २०६५ लाई परिमार्जन गरि अर्थ
मन्त्रालयमा पठाएँ ।
५)
बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७९ कार्यान्वयन कार्ययोजना
सम्बन्धमा राष्ट्रिय बालबालिका कार्यनीति २०७९ स्वीकृत गराएँ ।
६) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विज्ञ समुह गठन गरी त्यसको बैठक समेत बसाएँ ।
७)
नेपालको सामाजिक, आर्थिक, भौतिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार, महिला,
बालबालिकाका क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थाका पदभार
ग्रहण गरेदेखि हालसम्म प्रक्रिया पुरा गरेर समाजकल्याण परिषद्बाट आएका जनरल
एग्रिमेन्ट प्रोगाम एग्रिमेन्ट र नविकरणका फायलहरु कुनै रोकटोक आवश्यक
अध्ययन गरेर सदर गरें ।
८)
सुनसरीको गढी र बर्जु गाउँपालिकामा २ हजार घर बनाउन चुची फाउण्डेशनसँग
एमओयू गरें । यो कार्यक्रम अगाडी बढे २ हजार भूमीहिन जनताले आवास पाउनेमा
ढुक्क छु ।
९) लामो
समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको विवाद मिलाउन पटकपटक विज्ञ,
सरोकारवालाहरुसँग छलफल गरें । नेपाल रेडक्रसलाई अन्तराष्ट्रिय रेडक्रसबाट
ब्ल्याक लिस्टमा राख्ने अवस्थामा पुर्याउनु हुँदैन ।
१०)
राष्ट्रिय बाल अधिकार परिषद्, समाज कल्याण परिषद्लाई व्यवस्थित गर्ने
सन्दर्भमा बैठकहरु बसी आवश्यक निर्णयहरु गर्दै कार्यान्वयनका लागि निर्देशन
गरें ।
११)
भृकुटीमण्डपलाई व्यवस्थित गर्ने, त्यहाँका विक्रिति विसंगतिहरु निर्मलीकरण
गर्ने सन्दर्भमा काठमाडौं महानगरपालिका, समाजकल्याण परिषद्सँग त्रिपक्षीय
पहिलोचरणको वार्ता गर्दै आवश्यक योजनाहरु बनाउने विषय अगाडी बढेको छ ।
यसका
अलावा, समयले भ्याएसम्म महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग,
लैङ्गिक तथा यौनिक अल्पसंख्यकका कार्यक्रममा सहभागी हुने, उनीहरुलाई
मोटिभेट गर्ने, ऐन, नीति र कार्यक्रमका सवालमा सरोकारवालाहरुसँग छलफल गर्ने
लगायतमा मेरो समय वित्यो ।
अन्त्यमा,
यस
मन्त्रालयमा रहँदा मेरो क्षमता, दक्षताले भ्याएसम्म काम गर्ने कोशिष गरें ।
मैले पदभार ग्रहण गरेकै दिन भनेकी थिए ‘जति दिन रहन्छु, इमान्दारीताका साथ
देश र जनताका लागि काम गर्नेछु’ सोही मुताविक काम गर्दा मलाई सहयोग गर्ने
मन्त्रालयका सचिवज्यू, उपसचिवज्यूहरु, कर्मचारी वर्ग, सचिवालयका मित्रहरु,
मलाई समयसमयमा आएर आवश्यक राय सल्लाह र मार्गदर्शन गर्नुहुने महानुभावहरु,
नेकपा एमालेका नेता तथा कार्यकर्ता, शुभचिन्तक र तमाम नेपालीजनहरुमा
हार्दिक आभार प्रकट गर्दछु ।
धन्यवाद !